Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

आज राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

दैनिकी न्यूज

२६, पौष २०७७
आज राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
images

काठमाडौं  । सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ। आइतबार बिहान आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो।

सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेर सिफारिस गरिएको जानकारी दिए।

प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभाको बैठक औपचारिकताका लागि पुस १७ गते बोलाइएको थियो । त्यसपछि दुई बैठक मात्रै बसेका थिए । आज तेस्रो बैठक बसेपछि सभाको हिउँदे अधिवेशन अन्त्य हुन लागेको हो । राष्ट्रिय सभाको बैठकमा प्रतिनिधिसभा विघटनको मुद्दा चर्कोसँग उठेको थियो । 

images
प्रकाशित मिति :पौष २६, २०७७ आइतवार - १३:३९:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology