Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सरकारले भन्यो-केही दिन 'मर्निङ वाक' नगर्नु, सवारी नचलाउनु

सरकारले भन्यो-केही दिन 'मर्निङ वाक' नगर्नु, सवारी नचलाउनु

दैनिकी न्यूज

२१, पौष २०७७
सरकारले भन्यो-केही दिन 'मर्निङ वाक' नगर्नु, सवारी नचलाउनु
images

काठमाडौं । काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणलाई मध्यनजर गर्दै केही दिनका लागि मर्निङ वाकमा ननिस्कन सरकारले अपील गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै केही दिनदेखि मौसममा आएको परिवतनसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेकाले श्वासप्रश्वासमा कठिनाई लगायत विविध समस्या आउन सक्ने भन्दै सचेत गराएको हो । सकेसम्म घरबाहिर ननिस्कन मन्त्रालयको आग्रह छ । मन्त्रालयले घरमै व्यायाम गर्न, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन, अत्यावश्यक नपरेसम्म सवारीसाधन नचलाउन, कुनै पनि फोहोर नबाली उचित व्यवस्थापन गर्न तथा धूलोधुवाँ उड्ने खालका पेसा व्यवसाय केही दिनका लागि स्थगित गर्न समेत विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

images
प्रकाशित मिति :पौष २१, २०७७ मंगलवार - २३:४७:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology