Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

सशस्त्र प्रहरीको लिखित परीक्षामा संलग्न १० नक्कली परीक्षार्थी पक्राउ

सशस्त्र प्रहरीको लिखित परीक्षामा संलग्न १० नक्कली परीक्षार्थी पक्राउ

दैनिकी न्यूज

१९, पौष २०७७
सशस्त्र प्रहरीको लिखित परीक्षामा संलग्न १० नक्कली परीक्षार्थी पक्राउ
images

काठमाडौं । अर्काको नाममा परीक्षा दिँदै गरेका १० जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका १० जनालाई प्रहरीले शनिबार पक्राउ गरेको हो।

हालै प्रकाशित विज्ञापनअनुसार खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह र साधारण उपसमूहतर्फको लिखित परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेटिक डिभाइस’ प्रयोग गरी परीक्षार्थीको यकिन गर्ने क्रममा नेपालभरका विभिन्न परीक्षा केन्द्रबाट १० जना नक्कली परीक्षार्थी फेला पारिएको सशस्त्र प्रहरी उपरीक्षक अजय छतकुलीले बताए।

सशस्त्र प्रहरी बलमा भर्ना छनोट कार्य निष्पक्ष र पारदर्शी गर्ने उद्देश्यले सो डिभाइस प्रयोगमा ल्याइएको सशस्त्रले जनाएको छ ।

सशस्त्र प्रहरी बलमा भर्ना छनोट कार्य निष्पक्ष र पारदर्शी रहेको पनि उपरीक्षक छतकुलीले बताए।

images
प्रकाशित मिति :पौष १९, २०७७ आइतवार - ०८:१६:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology