काठमाडौं । वैदेशिक रोजगारीको करार अवधि समाप्त भएका श्रमिकले पुस १७ गते (शुक्रबार)देखि अनलाइन मार्फत नै श्रम नविकरण (पुन: श्रम स्वीकृति) गर्न पाउने भएका छन् । वैदेशिक रोजगार विभागले बिदामा आएका वा विदेशमा रहेका श्रमिकले अनलाइनमार्फत नै पुन: श्रम स्वीकृति लिन पाउने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । विभागद्वारा बुधबार जारी विज्ञप्ती अनुसार एकपटक आँखा वा औंठाछापको स्क्यान लिइसकेका श्रमिकले मात्रै अनलाइनमार्फत आफ्नो श्रम नविकरण गर्न पाउने भएको हो । श्रमिकले आफ्नो श्रम नविकरणको निस्सा (स्टिकर) आफ्नो इमेलमै प्राप्त गर्न सक्नेछ । यो नियम कार्यान्वयनमा आएकोले अब श्रम नविकरण गर्नको लागि मात्रै नेपाल आउनुपर्ने बाध्यता हटेको विभागले जनाएको छ । श्रमिकहरु दूतावासमा पनि धाइराख्नुपर्दैन ।