Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ओलीमाथी माधव नेपालले लगाएका यस्ता छन् आरोपै आरोप

ओलीमाथी माधव नेपालले लगाएका यस्ता छन् आरोपै आरोप

दैनिकी न्यूज

१४, पौष २०७७
ओलीमाथी माधव नेपालले लगाएका यस्ता छन् आरोपै आरोप
images

काठमाडौं । नेकपाका अध्यक्ष माधवकुमार नेपालले निरंकुश बाटो समातेका केपी ओली एण्ड प्रवृत्तिको आयु पुगेको बताएका छन् । संसद् विघटनविरुद्धमा नेकपा (प्रचण्ड -नेपाल) पक्षले मंगलबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले निरंकुश केपी ओली एण्ड प्रवृत्तिको अन्त्य भएको बताएका हुन् । ओलीले जनताले बनाएको संविधान कुल्चेर प्रतिनिधिसभा विघटन गरेको नेपालको टिप्पणी थियो । ओलीको कदमविरुद्ध सडकमा आउँदा पञ्चायतविरुद्धको बुटवलमा भएको संघर्ष सम्झना आएको उनले बताए । ‘निरंकुश केपी ओली एण्ड प्रवृत्तिको आयु पुग्यो । पुस ५ गतेका दिन वामपन्थी भनिएका नेताले संविधान कुल्चेर प्रतिनिधिसभाको विघटन गरे । के त्यो राजनीतिक, संवैधानिक हिसाबले उचित छ ? हाम्रो आन्दोलनको चाहना अनुरुप छ ? जुनसुकै कोणबाट हेर्दा पनि त्यो निर्णय अनुपयुक्त छ । असंवैधानिक कदमलाई अस्वीकार गर्छौं,’ नेपालले भने । अध्यक्ष नेपालले ओली गणतन्त्रविरोधि भएको भन्दै यो व्यवस्थाप्रति उनलाई माया नभएको बताए । ‘कसरी ओलीले आन्दोलनको सन्दर्भ, गणतन्त्रको आन्दोलनका खिसिट्युरी गरेका थिए । उहाँले भन्नु भएको थियो वयलगाढा चढेर वासिङ्टन पुग्न सकिँदैन । महामहिम केपी ओलीले बोल्नु भएको थियो । त्यसकारण उहाँलाई गणतन्त्रप्रति माया छैन । परिवर्तनपछि माया छैन,’ नेपालले भने, ‘यो व्यवस्थाप्रति माया छैन । संघीयताविरुद्ध, संविधानविरुद्ध, लोकतन्त्रका मूल्यमान्यताविरुद्ध एकपछि अर्को कदम चाल्नु भएको छ । त्यसकारण जनता सडकमा उत्रेका छन् । नेकपामात्रै होइन अन्य दल पनि सडकमा उत्रेका छन् । २२ दलीय वामपन्थी मोर्चा पनि सडकमा उत्रेको छ ।’ प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनको कदमप्रति मेचीदेखि महाकालीबाट पनि विरोध भएको नेपालले बताए । ‘समाजका सबै वर्ग, नागरिक समाज, पत्रकारदेखि सबैले प्रतिगामी कदम हो, यो कदम हामीलाई स्वीकार्य छैन । देशमा अस्थिरता निम्त्याउने छ । जनताको सुखका दिनहरु हामीले ल्याउन पाउने छैनौं भन्ने चिन्ता जाहेर गरेका छन् । त्यही कारण हामी सडकमा आएका हौं,’ नेपालले भने ।

images
प्रकाशित मिति :पौष १४, २०७७ मंगलवार - २२:४०:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology