Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रतिनिधिसभा विघटनले ओलीप्रति जन आक्रोश बढ्दै, नागरिक अगुवा समेत सडकमा

प्रतिनिधिसभा विघटनले ओलीप्रति जन आक्रोश बढ्दै, नागरिक अगुवा समेत सडकमा

दैनिकी न्यूज

११, पौष २०७७
प्रतिनिधिसभा विघटनले ओलीप्रति जन आक्रोश बढ्दै, नागरिक अगुवा समेत सडकमा
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमप्रती दैनिक रुपमा सडकमा आन्दोलन हुन थालेको छ । नेपाली काङ्ग्रेस, प्रचण्ड- नेपाल नेतृत्वको नेकपा , जनता समाजवादी पार्टीले सडक संघर्ष सुरु गरिरहेका बेला विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिक अगुवा समेत सडकमा आएका छन् । उनीहरूले बनाएको बृहत् नागरिक आन्दोलनले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भन्दै शनिबार माइतीघर मण्डलमा शंख फुकेर प्रदर्शन गर्‍यो । बृहत् नागरिक समूहले प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको मिलिभगतमा गरिएको यो गैरसंवैधानिक र जनविरोधी ‘कू’ले प्रतिगमनतर्फको यात्रालाई ताजा र क्रुर मोड दिएको’ उल्लेख गरेको छ । आन्दोलनले यो कदमको सशक्त प्रतिवाद गर्न सबै सचेत न्यायप्रेमी नागरिक, कवि, लेखक, पत्रकार, पेशाकर्मी, बौद्धिक लोकतन्त्रप्रेमी सबै तप्काका नागरिकलाई आ–आफ्नो ठाउाबाट आ–आफ्ना माध्याममार्फत प्रतिरोधमा उत्रन समेत आहृवान गरेको छ ।

images
प्रकाशित मिति :पौष ११, २०७७ शनिवार - १७:५२:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology