Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेकपाभित्रको विवाद साम्य, के होला बुधबारको बैठकमा !

नेकपाभित्रको विवाद साम्य, के होला बुधबारको बैठकमा !

दैनिकी न्यूज

३, मंसिर २०७७
नेकपाभित्रको विवाद साम्य, के होला बुधबारको बैठकमा !
images

काठमाडौं । नेकपाभित्र चुलिएको विवादकैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । तर एक बजे पार्टीको सचिवालय बैठक समेत भएकाले बुधबार दिउँसो एक बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक २ बजेलाई सारिएको छ । नेकपाको सचिवालय बैठककै समय पारेर मन्त्रिपरिषद् बैठक बस्दा गलत सन्देश जाने भएकाले बैठक सारिएको बालुवाटार स्रोतले बताएको छ । सचिवालय बैठकसँगै जुधाएर मन्त्रिपरिषद् बैठक बस्दा बाहिर गलत सन्देश जाने आफूनिकट नेताहरुको सुझावपछि प्रधानमन्त्री ओलीले बैठक सारेका हुन् । यसैबीच नेकपाको सचिवालय बैठक भने पूर्वनिर्धारित तालिकाअनुसार नै दिउँसो १ बजे बालुवाटारमै बस्ने भएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वनिर्धारित कार्यक्रमअनुसार बुधबार दिउँसो एक बजे बालुवाटारमा सचिवालय बैठक बस्ने जानकारी दिएका हुन् । सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली पनि सहभागी हुने बताइएको छ । कात्तिक २८ को सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक  प्रस्ताव तथा पत्रमाथि ३ मंसिरमा छलफल गर्ने तय भएको थियो । तर, ओलीले बुधबारको सचिवालय बैठक सार्न प्रयास गरेपनी सफल भएका थिएनन्। उनले मंगलबार चिनियाँ राजदूत र रास्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।

images
प्रकाशित मिति :मंसिर ३, २०७७ बुधवार - १०:५१:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology