Logo

आइतवार, आश्विन २५ गते २०८३

images

शंकर पोखरेलले फेसबुकमा किन यस्तो लेखे ? नेकपाको भविष्य संकटमा छ !

शंकर पोखरेलले फेसबुकमा किन यस्तो लेखे ? नेकपाको भविष्य संकटमा छ !

दैनिकी न्यूज

२९, कार्तिक २०७७
शंकर पोखरेलले फेसबुकमा किन यस्तो लेखे ? नेकपाको भविष्य संकटमा छ !
images

काठमाडौं । सत्तारूढ दल नेकपाका स्थायी समिती सदस्य शंकर पोखरेलले कार्यकारी अध्यक्ष प्रचण्डको एकल राजनीतिक प्रस्ताव पार्टी एकताको मर्म र स्थायी कमिटी निर्णयविपरीत भएको बताउँदै फिर्ता लिन आग्रह गरेका छन् । पोखरेलले सचिवालय बैठकमा नेकपा अध्यक्ष प्रचण्डले पार्टीका ‘प्रथम अध्यक्ष’ केपी शर्मा ओलीविरुद्ध संगीन आरोपसहित एकल राजनीतिक प्रस्ताव प्रस्तुत गर्नु पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भावविपरीत भएको बताएका हुन् । साथै उक्त प्रस्ताव प्रस्तुत भएपछि पार्टी एकता गम्भीर मोडमा पुगेको सिंगो पार्टीले अनुभूति गरेको पनि पोखरेलले उल्लेख गरेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले पार्टी एकताको रक्षाका लागि अध्यक्ष प्रचण्डलाई उक्त प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् । पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, 'म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन हार्दिक अनुरोध गर्दछु । व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य बुझ्न अनुरोध छ ।' नेकपाका शीर्ष नेताबीच आरोप–प्रत्यारोप चरम बिन्दुमा पुगेका बेला अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि दर्जनौं गम्भीर आरोप लगाउँदै पार्टी एकतादेखि अहिलेसम्म भएका कमी कमजोरीसहितको लिखित दस्ताबेज पेस गरेका थिए । नेकपा सचिवालय बैठकमा शुक्रबार प्रचण्डले पेस गरेको १९ पेज लामो राजनीतिक प्रस्तावमा ओलीका यस्ता गतिविधि अब क्षम्य नहुने उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीले पार्टी एकताको राजनीतिक–वैचारिक भावना, संगठन, सिद्धान्त र विधि–पद्धति तथा स्थायी कमिटीको पछिल्लो बैठकका निर्णयहरूमाथि प्रहार गरेको प्रचण्डले निष्कर्ष निकालेका छन् ।

images
प्रकाशित मिति :कार्तिक २९, २०७७ शनिवार - १२:२५:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology