Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बाबुरामले प्रधानमन्त्री ओलीलाई झापाली भनेपछि...

बाबुरामले प्रधानमन्त्री ओलीलाई झापाली भनेपछि...

दैनिकी न्यूज

१७, कार्तिक २०७७
बाबुरामले प्रधानमन्त्री ओलीलाई झापाली भनेपछि...
images

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री ओलीसंग सति नजान सुझाव दिएका छन् । पार्टीका दुई अध्यक्ष ओली-प्रचण्डबिच चर्किएको शक्ति संघर्षप्रती लक्षित गर्दै भट्टराईले ओली कु बाटोमा हिडिरहेको बताए । उनले प्रचण्डलाई समाजवादी बाटो निर्माण गर्ने पार्टी बनाउन सुझाव पनि दिए । विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी नेतृत्वले रंग फेरिसकेपछि पनि बाँकी नेता र कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु भएको डाक्टर भट्टराईले तर्क गरेका छन्। अहिलेको परिस्थितीमा ओली आफ्नो कुबाटोमा दृढ रहेकाले अरुले उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने भनेर प्रश्न गरेका छन्। उनले सामाजिक संजालमा सोमबार बिहान लेखेका छन्, 'विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी/नेतृत्वले रंग फेरिसकेपछि पनि बाॅकी नेता/कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो भन्ने हिजोका झापाली/माओवादीले कति छिटो बिर्सेको ? ओली आफ्नो कुबाटोमा दृढ छन् ! अरु उनको सती जाने कि बेलैमा नयाॅ समाजवादी बाटो बनाउने '?

images
प्रकाशित मिति :कार्तिक १७, २०७७ सोमवार - १२:२७:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology