Logo

आइतवार, आश्विन २५ गते २०८३

images

शिक्षामन्त्री पोखरेललाई लक्षणसहितको कोरोना

शिक्षामन्त्री पोखरेललाई लक्षणसहितको कोरोना

दैनिकी न्यूज

२५, आश्विन २०७७
शिक्षामन्त्री पोखरेललाई  लक्षणसहितको कोरोना
images

ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना पोजिटिभ देखिएको छ । शनिबार राति ज्वरो आएर पाटन अस्पताल भर्ना भएका मन्त्री पोखरेलको पीसीआर परीक्षण गर्दा आइतबार कोभिड-१९ पोजिटिभ देखिएको उनको सचिवालयले जनाएको छ । पाटन अस्पतालको आइसोलेसनमा उपचाररत मन्त्री पोखरेलको स्वास्थ्यमा सुधार हुँदै गएको अस्पतालका उपकुलपति डाक्टर भरत यादवले बताए । यसैबीच मन्त्री पोखरेलको सचिवालयले उनीसँग सम्पर्कमा आएका सबैलाई सतर्क र सुरक्षित भइ पिसिआर परीक्षण गर्न आग्रह गरेको छ । शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

images
प्रकाशित मिति :आश्विन २५, २०७७ आइतवार - २२:५९:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology