काठमाडौं । डाक्टर गोविन्द केसीले २८ दिनपछि आमरण अनशन तोडेका छन् । सरकारसँग ८ बुँदे सहमति भएपछि डा केसीले आइतबार २८ बिहान अनसन तोडेका हुन् । केसी भर्ना रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आयोजित कार्यक्रममा उनले अनसन तोडेका हुन् । सरकार र केसीका प्रतिनिधिहरुबीच शनिबार मध्यराति ८ बुँदे सहमति भएको थियो । सो कार्यक्रममा सरकारसँग भएको सम्झौता पढेर सुनाइएको थियो । बिहान १० बजे अस्पतालका सफाई कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर केसीले अनसन तोडेका हुन् । सोलिडायरिटी अफ डा गोबिन्द केसीका प्रितम सुवेदीका अनुसार अनसन तोडे लगत्तै केसीका उपचार शुरु भएको जनाएका छन् ।