Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अनशनरत डा केसीसँग यसरी जुट्यो मध्यरातमा सहमती

अनशनरत डा केसीसँग यसरी जुट्यो मध्यरातमा सहमती

दैनिकी न्यूज

२५, आश्विन २०७७
अनशनरत डा केसीसँग यसरी जुट्यो मध्यरातमा सहमती
images

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच ८बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् । डा. केसीले आज विहान साडे नौ बजे अनसन तोड्ने पनि सहमति भएको छ ।     यस्ता छन् सहमति ? सरकार र डा.केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाई सुरु गर्ने सहमतिमा उल्लेख छ । यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ । यस्तै चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा. केसीबीच २०७५ साउन १० लाई पनि राख्ने सहमतिमा उल्लेख छ 

images
प्रकाशित मिति :आश्विन २५, २०७७ आइतवार - ०६:३५:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology