काठमाडौँ । २४ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारले टोली गठन गरेपछि जीवन क्षेत्रीको संयोजकत्वमा वार्ता कमिटी गठन भएको छ । सरकारले शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेलगत्तै सत्याग्रही डा. केसीको तर्फबाट पनि सोलिडारिटी फर डा. केसी अलायन्सका संयोजक डा. क्षेत्रीको संयोजकत्वमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष डा. अञ्जनीकुमार झा, नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य रहेको ४ सदस्यीय वार्ता कमिटी बनेको हो । डा.केसीको अनशनको २४ औं दिनमा शिक्षा मन्त्रालयले वार्ता टोली गठन गरेको थियो । दुबै वार्ता समिति बिहिवार पहिलो चरणको वार्तामा बस्नेछन । यदि वार्ता सहमति उन्मुख भएमा बिहिवार नै डाक्टर केसीको अनशन तोडाउने कोसिस रहेको वार्ता समितिका एक सदस्यले बताए ।