Logo

सोमवार, श्रावण २५ गते २०८३

images

भालुवाङ राजधानी बनाउने प्रस्तावमाथि प्रदेशसभामा कांग्रेसको नारावाजी

भालुवाङ राजधानी बनाउने प्रस्तावमाथि प्रदेशसभामा कांग्रेसको नारावाजी

दैनिकी न्यूज

१९, आश्विन २०७७
भालुवाङ राजधानी बनाउने प्रस्तावमाथि प्रदेशसभामा कांग्रेसको नारावाजी
images


बुटवल । कांग्रेसको विरोधका कारण प्रदेशको स्थायी राजधानी दाङ लैजाने सरकारको निर्णयका विषयमा छलफलगर्न बसेको प्रदेश ५ सभाको बैठक स्थगित भएको छ ।

संसद सुरु हुने वित्तिकै विपक्षी दलका नेता वीरेन्द्रकुमार कनौडियाले

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले भन्दैमा मुख्यमन्त्रीले राजधानी सार्न खोजेको आरोप लगाउँदै राजधानी सार्नुपर्नाको कारण माग गरे ।
सहमतिमा राजधानी नतोकिएको भन्दै उनले बाहिर निषेधाज्ञा लगाएर तानाशाही शैलीमा राजधानी तोक्न खोजेको आरोप लगाए । उनी बोलेपछि कांग्रेस सांसदहरुले नाराबाजी गरेका थिए । सभामुखले केही समयका लागि बैठक स्थगित गरेका छन् ।
प्रदेशको अस्थायी राजधानी बुटवलबाट स्थायी राजधानी दाङको भालुवाङ लैजाने प्रदेश सरकारले निर्णय गरेर प्रदेशसभामा शुक्रबार नै पेश गरेको थियो ।

तर, बुटवललाई प्रदेशको स्थायी राजधानी नबनाएको भन्दै नेपाली कांग्रेसले आन्दोलन चर्काएपछि आज विहान भएको सर्वदलीय बैठकमा सहमति जुटेको थिएन । कांग्रेसले प्रदेश सभाको बैठक स्थगित गर्न माग गरेको थियो । तर, सत्तारुढ नेकपाको संसदीय दलले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ लैजाने सरकारको निर्णयका पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप लगाएको थियो ।

images
प्रकाशित मिति :आश्विन १९, २०७७ सोमवार - १४:००:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology