Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कसले हान्यो प्रदेश ५ का मुख्यमन्त्री पोखरेललाई ढुंगा

कसले हान्यो प्रदेश ५ का मुख्यमन्त्री पोखरेललाई ढुंगा

दैनिकी न्यूज

१८, आश्विन २०७७
कसले हान्यो प्रदेश ५ का मुख्यमन्त्री पोखरेललाई ढुंगा
images

बुटवल । प्रदेश ५ को स्थायी राजधानी बुटवल नबनाएको भन्दै मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमाथि ढुंगा प्रहार भएको छ ।
काठमाडौंबाट भैरहवा विमानस्थल ओर्लेर गाडीमा आउँदै गर्दा बुटवलको राजमार्ग चौराहा नजिक सिद्धार्थ कटेज अगाडि मुख्यमन्त्री सवार गाडी र उनको स्कर्टिङमा रहेका दुई वटा गाडी माथि नेपाली कांग्रेसका कार्यकर्ताहरुले ढुंगा प्रहार गरेको पहरीले जनाएको छ। ढुंगा प्रहारबाट मुख्यमन्त्री सवार गाडी र स्कर्टिङमा रहेका २ वटा गाडीमा क्षति भएको छ ।
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्ले प्रदेश राजधानी दाङको भालुवाङ सार्ने निर्णय गरेर प्रदेशसभामा पेश गरेको छ । त्यसकै विरोधमा कांग्रेस रुपन्देहीले जिल्ला बन्द आह्वान गरेकाले कडा सुरक्षाबीच मुख्यमन्त्री भैरहवाबाट बुटवल आउँदै थिए ।
ढुंगा प्रहार भएपछि प्रहरीले हवाई फायर गरेको थियो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा कांग्रेस प्रदेशसभा सदस्यका उम्मेदवार विष्णु पोखरेल, नेविसंघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेल, सञ्चारकर्मी कमला पाण्डेसहित ६ जनालाई पक्राउ गरेको छ ।

भैरहवाबाट बुटवल आउँदै गरेका मुख्यमन्त्रीलाई कांग्रेस कार्यकर्ताले कोटीहवा, मणिग्राम र शंकरनगर क्षेत्रमा कालो झण्डा समेत देखाएका थिए ।

images
प्रकाशित मिति :आश्विन १८, २०७७ आइतवार - २१:१३:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology