Logo

बुधवार, श्रावण २७ गते २०८३

images

बुधबार ललितपुरमा थपिए ५० जना कोरोना संक्रमित, कुन पालिकामा कति ?

बुधबार ललितपुरमा थपिए ५० जना कोरोना संक्रमित, कुन पालिकामा कति ?

दैनिकी न्यूज

३१, भाद्र २०७७
बुधबार ललितपुरमा थपिए ५० जना कोरोना संक्रमित, कुन पालिकामा कति ?
images

ललितपुर । ललितपुरमा बुधबार थप ५० जना कोरोना संक्रमित थपिएका छन् ।

ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका विभिन्न स्थानका ५० जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये २० जना महिला र ३० जना पुरुष रहेका छन् ।

पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका १५ जना महिला, २८ जना पुरुष गरी जम्मा ४३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै महालक्ष्मी नगरपालिकाका ३ जना महिला, १ जना पुरुष गरी ४ जना र गोदावरी नगरपालिकाका २ जना महिला, १ जना पुरुष गरी ३ जनामा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या १४ सय ४१ जना रहेको छ, जसमध्ये पुरुष ८०८ जना र महिला ६३३ जना रहेको छ ।

images
प्रकाशित मिति :भाद्र ३१, २०७७ बुधवार - २१:४३:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology