Logo

बुधवार, श्रावण २७ गते २०८३

images

भोलिदेखि देशभर के- के खुल्छन ? यी हुन् पूर्णरुपमा खुल्ने क्षेत्रहरु

भोलिदेखि देशभर के- के खुल्छन ? यी हुन् पूर्णरुपमा खुल्ने क्षेत्रहरु

दैनिकी न्यूज

३१, भाद्र २०७७
भोलिदेखि देशभर के- के खुल्छन ? यी हुन् पूर्णरुपमा खुल्ने क्षेत्रहरु
images

काठमाडौं । कोरोना संक्रमण बढ्न नदिन उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले होटल तथा रेष्टुरेन्ट सञ्‍चालनमा लगाएको रोक बिहीबारदेखि हटाइएका छन् । तीन साता लामो निषेधाज्ञा भदौ २४ गते हटाएका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सिडिओ) हरुले टेकअवे सञ्चालन गर्न दिइएको होटल तथा रेष्टुरेन्टहरुलाई अर्को आदेश नभएसम्म सञ्‍चालन खुला गर्ने निर्णय गरेका हुन् । तर, काठमाडौं उपत्यकामा लगाइएको सवारी साधनको जोर र बिजोर भने यथावत राखिएको छ । सरकारले साउन ७ गते देशभर लगाएको लकडाउन खुलाएको थियो । तर, काठमाडौ. उपत्यकामा कोरोना संक्रमण ह्वात्तै बढेपछि फेरि भदौ ३ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा लगाइएको थियो । त्यसपछि निषेधाज्ञालाई खुकुलो बनाउँदै सिडिओहरुले सार्वजनिक सवारीसाधनमा जोर विजोर प्रणाली लगाएका थिए ।
निजी र सार्वजनिक सवारीको जोररबिजोर प्रणाली अर्को आदेश नभन्जेल कायम रहने छ तर काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यका सवारी साधन प्रवेशलाई भने खुला गरिएको छ । मन्त्रिपरिषद्ले भोली असोज १ गतेदेखि लामो दूरीका यातायात खुलाउने निर्णय गरिसकेको छ ।
यस्तै विभिन्न व्यवसायमा लगाइएका निषेधात्मक आदेश पनि हटाइएको छ । विभिन्न व्यापार व्यवसायका लागि बार अनुसार खोल्ने पाउने गरी गरिएको आदेश बिहीबारदेखि हटेको हो । अब उपत्यकामा सबैखाले पसल सबै बार खोल्न पाइने छ । उपत्यकाका तीनै जिल्लाका प्रजिअले गृह सचिव महेश्वर न्यौपानेसँगको छलफलपछि यस्तो निर्णय गरेका हुन् ।
तर, सैलुन तथा ब्युटी पार्लर, सिनेमा हल र जिम, पब र स्पा भने खोल्न पाइने छैन । यस्तै, शैक्षिक संस्था, सभा समारोह, पार्टी तथा विरोध र्‍याली र सभामा लगाइएको रोक पनि कायमै राखिएको छ ।

images
प्रकाशित मिति :भाद्र ३१, २०७७ बुधवार - २०:५३:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology