Logo

बुधवार, श्रावण २७ गते २०८३

images

मंगलबार ललितपुरमा थपिए ३३ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?

मंगलबार ललितपुरमा थपिए ३३ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?

दैनिकी न्यूज

३०, भाद्र २०७७
मंगलबार ललितपुरमा थपिए ३३ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?
images

ललितपुर । ललितपुरमा मंगलबार थप ३३ जना कोरोना संक्रमित थपिएका छन् ।

ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका विभिन्न स्थानका ३३ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये १५ जना महिला र १८ जना पुरुष रहेका छन् ।

पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका १० जना महिला, १२ जना पुरुष गरी जम्मा २२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै महालक्ष्मी नगरपालिकाका ४ जना महिला, ५ जना पुरुष गरी ९ जना र गोदावरी नगरपालिकाका १ जना महिला, १ जना पुरुष गरी २ जनामा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या १३ सय ९१ जना रहेको छ, जसमध्ये पुरुष ७७८ जना र महिला ६१३ जना रहेको छ ।

images
प्रकाशित मिति :भाद्र ३०, २०७७ मंगलवार - २०:३२:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology