काठमाडौं । सरकारले लामो समयदेखि बन्द रहेको आन्तरिक हवाई उडान र लामो दूरीका यातायात खुलाएको छ । असोज ५ गतेदेखि आन्तरिक हवाई उडान र लामो दुरीका सवारीसाधन सञ्चालन गर्ने निर्णय भएको हो । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले कोरोनाको संक्रमण हुन नदिन चैतदेखि रोकिएको आन्तरिक हवाई उडान र लामो दुरीको यातायात चलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सरकारले १ सय २० गरेको लकडाउन साउन ७ गते खोलेको थियो । कोरोना संक्रमण बढ्न थालेपछि फेरि भदौ ३ देखि २४ गतेसम्म २१ दिन निषेधाज्ञा लगाएको थियो । निषेधाज्ञा खुलेलगत्तै सरकारले विस्तारै जनजीवन सामान्य बनाउँदै लगेको छ, सोही आधारमा आज बसेको मन्त्रीपरिषद बैठकले आन्तरिक हवाई उडान र लामो दुरीको यातायात खुला गर्ने निर्णय गरेको हो । सरकारले यसअघि नै अन्तराष्ट्रिय उडान खुला गरिसकेको छ ।