Logo

बुधवार, श्रावण २७ गते २०८३

images

काठमाडौंका उपत्यकामा थप ५१२ जनामा कोरोना पुष्टि

काठमाडौंका उपत्यकामा थप ५१२ जनामा कोरोना पुष्टि

दैनिकी न्यूज

२९, भाद्र २०७७
काठमाडौंका उपत्यकामा थप ५१२ जनामा कोरोना पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ५१२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंका ४४० जना, भक्तपुरका ४३ जना र ललितपुरका २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

काठमाडौंका १४१ जना महिला, २९९ जना पुरुष, ललितपुरका ११ जना महिला, १८ जना पुरुष र भक्तपुरका २८ जना महिला, १५ जना पुरुष रहेका छन् ।

आइतबार उपत्यकामा ५९७ जनामा कोरोना पुष्टि भएको थियो।

images
प्रकाशित मिति :भाद्र २९, २०७७ सोमवार - १६:३८:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology