काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा थप ५९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जनाका कोरोना संक्रमण पुष्टि भएको हो। काठमाडौँ उपत्यकामा शनिबार ४३१ जनामा कोरोना पुष्टि भएको थियो।