Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

अपडेटः सिन्धुपाल्चोक पहिरोमा मृत्यु हुने ९ जनाको पहिचान खुल्यो

अपडेटः सिन्धुपाल्चोक पहिरोमा मृत्यु हुने ९ जनाको पहिचान खुल्यो

दैनिकी न्यूज

२८, भाद्र २०७७
अपडेटः सिन्धुपाल्चोक पहिरोमा मृत्यु हुने ९ जनाको पहिचान खुल्यो
images

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका २ वटा वडामा गएको पहिरोमा मृत्यु हुने संख्या ९ पुगेको छ । घटनास्थलमा रहेका सभामुख अग्नीप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले दिएको जानकारी अनुसार पहिरोमा परेर बेपत्ता भएकामध्ये ९ जनाको शव फेला परेको हो ।
६२ वर्षकी भक्तिमाया श्रेष्ठ, वर्ष १० की ट्याक्सी शेर्पा, वर्ष ६५ का धनलाल नेवार, वर्ष २४ को शुकलाल विक, वर्ष २३ को जुनु विक, वर्ष ८ का सन्देश विक, वर्ष ४२ की ज्ञानीमाया प्रधान, वर्ष ६० का सर्किनि नेवार र वर्ष ६० की हिरामाया नेवारको पहिरोमा परेर मृत्यु भएको हो ।
बाह्रबीसे नगरपालिका–७ घुम्थाङमा शनिबार राति पहिरो जाँदा दुई गाउँका अझै २२ जना हराइरहेका छन्। सभामुख अग्निप्रसाद सापकोटा आइतबार बिहानै घटनास्थल पुगेका छन् । पहिरोमा वेपत्ताको खोजीकार्यमा नेपाली सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरीका साथै स्थानीय तहका प्रतिनिधि र स्थानीयबासी जुटेका छन् ।

images
प्रकाशित मिति :भाद्र २८, २०७७ आइतवार - १६:२४:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology