Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सिन्धुपाल्चोकमा पहिरोले १८ घर पुरियो, ठूलो मात्रामा जनधन क्षति

सिन्धुपाल्चोकमा पहिरोले १८ घर पुरियो, ठूलो मात्रामा जनधन क्षति

दैनिकी न्यूज

२८, भाद्र २०७७
सिन्धुपाल्चोकमा पहिरोले १८ घर पुरियो, ठूलो मात्रामा जनधन क्षति
images

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराती खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएका छन । उक्त घरका सबै बेपत्ता भएका छन् ।

भीरखर्कका १० र नाग पुच्छेका ८ घर र किम्बे गाउँ पहिरोले बगाएको इलाका प्रहरी कार्यालय बाह्रविसेले जनाएको छ । थप बिवरण आउन बाँकी छ । ठाडो खहरे खोलाको बाढीसँगै पहिरो गएको हो । स्थानीय खोजी कार्यमा जुटेका छन् ।

पहिरोले निकै घर पुरिएको र मानिस पनि हताहती भएको भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको छ । गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो ।

images
प्रकाशित मिति :भाद्र २८, २०७७ आइतवार - ०६:५८:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology