Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

ललितपुरमा थपिए ३५ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?

ललितपुरमा थपिए ३५ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?

दैनिकी न्यूज

२८, भाद्र २०७७
ललितपुरमा थपिए ३५ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?
images

ललितपुर । ललितपुरमा शनिबार थप ३५ जना कोरोना संक्रमित थपिएका छन् ।

ललितपुर महानगरपालिका, महालक्ष्मी, गोदावरी नगरपालिका र कोन्ज्योसोम गाउँपालिकाका विभिन्न स्थानका ३५ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये १४ जना महिला र २१ जना पुरुष रहेका छन् ।

पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका १२ जना महिला, १९ जना पुरुष गरी जम्मा ३१ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै महालक्ष्मी नगरपालिकाका १ जना पुरुष, गोदावरी नगरपालिकाका १ जना महिला, १ जना पुरुष गरी २ जना र कोन्ज्योसोम गाउँपालिकाका १ जना महिलामा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या १३०० जना रहेको छ, जसमध्ये पुरुष ७२६ जना र महिला ५७४ जना रहेको छ ।

images
प्रकाशित मिति :भाद्र २८, २०७७ आइतवार - ०६:०८:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology