काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ५७६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
काठमाडौंका ४९५ , भक्तपुरका ३८ र ललितपुरका ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा. गौतमले जानकारी दिए। काठमाडौँमा नयाँ थपिएका सङ्क्रमितमध्ये १४७ महिला र ३४८ पुरुष, ललितपुरमा २० महिला र २३ पुरुष तथा भक्तपुरमा १६ महिला र २२ जना पुरुषमा सङ्क्रमणको पुष्टि भएको छ ।
तर बुधबार ४६४ जनामा संक्रमण देखिएको थियो।
पछिल्लो २४ घण्टामा काठमाडौंमा तीन तीनजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंका ५५ वर्षीया महिला तथा ५९ र ८३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।