ललितपुर । ललितपुरमा बुधबार थप ३२ जना कोरोना संक्रमित थपिएका छन् ।
ललितपुर महानगरपालिका, महालक्ष्मी, गोदावरी नगरपालिका र महांकाल गाउँपालिकाका विभिन्न स्थानका ३२ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये २० जना महिला र १२ जना पुरुष रहेका छन् ।
पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका १८ जना महिला, ८ जना पुरुष गरी जम्मा २६ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै महालक्ष्मी नगरपालिकाका २ जना महिला, गोदावरी नगरपालिकाका ३ जना पुरुष र महांकाल गाउँपालिकामा १ जना पुरुषमा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या ११८४ जना रहेको छ, जसमध्ये पुरुष ६६२ जना र महिला ५२२ जना रहेको छ ।