Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

भोलिदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो, उपत्यकामा जोरविजोर लागू (हेर्नुहोस आदेश)

भोलिदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो, उपत्यकामा जोरविजोर लागू (हेर्नुहोस आदेश)

दैनिकी न्यूज

२४, भाद्र २०७७
भोलिदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो, उपत्यकामा जोरविजोर लागू  (हेर्नुहोस आदेश)
images

काठमाडौं । तीन हप्तासम्म कडा निषेधाज्ञा लगाइएको काठमाडौं उपत्यकामा बिहीबारदेखि भने पसल र सवारी साधन पनि सञ्चालन हुने भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पसल र सवारी साधन पनि सञ्चालन गर्ने गरी निषेधाज्ञाको आदेश जारी गरेका छन् । निजी सवारी साधन सबै र १६ सिट भन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन अब जोर विजोर प्रणालीमा सञ्चालन हुनेछन् । ट्याक्सीमा चालकसहित ३ जना मात्र बस्न पाइनेछ । सार्वजनिक सवारी साधनमा एक लहरमा एक जना गरी कुल सिट संख्याको आधामा मात्र बस्न पाइनेछ ।

मालवाहक ढुवानीका साधनमा भने जोरविजोर लाग्ने छैन । पसल सञ्चालनका लागि व्यवसायको किसिमको आधारमा निश्चित बार मात्र खोल्न पाइने व्यवस्था गरिएको छ ।

आज राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्मका लागि थप गरिएको निषेधाज्ञामा स्वास्थ्यको मापदण्ड पालना गरेर व्यवसाय गर्न खुल्ला गरिएको छ। उपत्यकाका तीन वटै जिल्लामा भदौ ३ गतेबाट निषेधाज्ञा सुरु भएको हो।

 

s1(2)-1.jpg

s1(2)-2.jpg

s1(2)-3.jpg

images
प्रकाशित मिति :भाद्र २४, २०७७ बुधवार - १९:१४:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology