रौतहट । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत २३ जना प्रहरीमा कोरोना पोजिटिभ देखिएको छ । कार्यालय प्रमुख, डीएसपी हेम बहादुर शाही सहित २३ जनामा संक्रमण देखिएको हो ।
बुधबार आएको पीसीआर रिपोर्टको नतिजामा आफुसहित २३ जना प्रहरीमा संक्रमण देखिएको डीएसपी शाहीले जानकारी दिए । आफु लगायत दुई प्रहरी अधिकृत, सई, असई, सहित यति ठुलो संख्यामा प्रहरीलाई एकै पटक संक्रमण देखिए छ । जिल्लामा भएको आन्दोलनमा प्रहरी पनि सरिक हुँदा यति धेरै प्रहरीमा संंक्रमण भएको हुन सक्ने डिएसपी शाहीको भनाई छ ।
हाल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा ८५ जना प्रहरी कार्यरत छन् ।