Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेकपाको सचिवालय बैठकमा के के विषयमा हुँदैछ छलफल ?

नेकपाको सचिवालय बैठकमा के के विषयमा हुँदैछ छलफल ?

दैनिकी न्यूज

१८, भाद्र २०७७
नेकपाको सचिवालय बैठकमा के के विषयमा हुँदैछ छलफल ?
images

काठमाडौं । पार्टी विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदन, राष्ट्रियसभामा पठाउने फागुन १४ को निर्णय कार्यान्वयन लगायतका विषयमा छलफल गर्न सत्तारुढ (नेकपा)को सचिवालय बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ३ बजेपछि बैठक सुरु भएको हो । बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले अर्थमन्त्री डा. युवराज खतिवडासँग छलफल गरेका थिए ।
राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यका लागि अर्थमन्त्री डा. खतिवडा वा उपाध्यक्ष वामदेव गौतम को हुने भन्ने बारेमा दुई अध्यक्षबीच सहमति जुटेको छैन । प्रधानमन्त्री ओली र प्रचण्डबीच बुधबार साँझ पनि बालुवाटारमै छलफल भएको थियो । यसअघि बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो । आजको बैठकमा पार्टीको विवाद समाधानको लागि गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ । तर, बैठक स्रोतका अनुसार राष्ट्यिसभामा गौतमलाई लैजानुपर्ने नेताहरुले धारणा राखिरहेका छन् ।

images
प्रकाशित मिति :भाद्र १८, २०७७ बिहिवार - १६:०७:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology