Logo

आइतवार, आश्विन २५ गते २०८३

images

खानेपानी संस्थान बुटवलका इन्जिनीयर घुस रकमसहित पक्राउ

खानेपानी संस्थान बुटवलका इन्जिनीयर घुस रकमसहित पक्राउ

दैनिकी न्यूज

२७, श्रावण २०७७
खानेपानी संस्थान बुटवलका इन्जिनीयर घुस रकमसहित पक्राउ
images

काठमाडौँ । नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई रु दुई लाख ३३ हजार ५०० नगद र बैङ्कमा जम्मा गरेको रु आठ लाख २२ हजारको भौचरसहित आइतबार अपराह्न धादिङको धुनिबेँसीबाट पक्राउ गरेको हो ।

अभियुक्तले खानेपानी शाखा कार्यालयका सेवाग्राहीसँग घुसबापतको रकम उठाएर काठमाडौँ आएको सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उहाँलाई पक्राउ गरेको आयोगले आज जनाएको छ । रासस

 

images
प्रकाशित मिति :श्रावण २७, २०७७ मंगलवार - ०९:१८:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology