Logo

आइतवार, आश्विन २५ गते २०८३

images

कृष्ण जन्माष्टमीको दिन पाटनको कृष्ण मन्दिर बन्द हुने

कृष्ण जन्माष्टमीको दिन पाटनको कृष्ण मन्दिर बन्द हुने

दैनिकी न्यूज

२६, श्रावण २०७७
कृष्ण जन्माष्टमीको दिन पाटनको कृष्ण मन्दिर बन्द हुने
images


ललितपुर । पाटन मंगलबजारमा रहेको कृष्ण मन्दिरमा यसवर्षको कृष्ण जन्माष्टमीको मेला नलाग्ने भएको छ । यसवर्षको कृष्ण जन्माष्टमी मंगलबार परेको छ ।
कोरोना संक्रमणको कारणले कृष्ण मन्दिर मंगलबार भक्तजनहरुका लागि बन्द गर्ने सोमबार निर्णय भएको हो ।
कोभिड–१९ महामारी व्यापक फैलिएका कारणले स्थानीय जनप्रतिनिधि, पुजारी, मंगल टोल सुधार संघ, प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवालाको सोमबार बसेको बैठकले कृष्ण मन्दिर बन्द गर्ने निर्णय गरेको हो । प्रत्येक वर्ष भाद्र अष्टमीमा कृष्ण भगवानको जन्म भएको दिनलाई सम्झेर मुलुकभर कृष्ण मन्दिरमा मेला लाग्ने गर्दछ । पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिरमा अष्टमीकै दिन राष्ट्रप्रमुखबाट पनि पूजा अर्चना गर्ने प्रचलनसमेत रहेको छ ।
कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौं गर्भबाट भगवान विष्णुको आठौं अवतारका रुपमा कृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

images
प्रकाशित मिति :श्रावण २६, २०७७ सोमवार - २१:३७:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology