Logo

आइतवार, आश्विन २५ गते २०८३

images

१ करोड २४ लाखको चेकसहित विद्युत धनुषाका प्रमुख पक्राउ

१ करोड २४ लाखको चेकसहित विद्युत धनुषाका प्रमुख पक्राउ

दैनिकी न्यूज

२४, श्रावण २०७७
१ करोड २४ लाखको चेकसहित विद्युत धनुषाका प्रमुख पक्राउ
images

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल विद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालय प्रमुख उप–प्रबन्धक (नवौं तह) रितेश गुप्तालाई पक्राउ गरेको छ । अख्तियारको टोलीले शनिबार गुप्तालाई १ करोड २४ लाख ९१ हजारको चेकसहित पक्राउ गरेको हो ।

गुप्ताले भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानी (पार्टी पेमेन्ट) दिन भनी पहिले नै चेक काटी उक्त चेक लिएर काठमाडौं आउँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

हस्ताक्षर भैसकेका कार्यालयका चेक तथा स्वीकृत भैनसकेका सोही चेकसँग सम्बन्धित कागजातसमेत लिएर काठमाडौं जाने क्रममा सिन्धुली, कमलामाई नगरपालिका– ९ बाट उनी पक्राउ परेका हुन् ।

उक्त कार्यालयका चेक तथा सो सँग सम्बन्धित कागजातसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले जानाकारी दिए ।

1.PNG

images
प्रकाशित मिति :श्रावण २४, २०७७ शनिवार - २०:५७:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology