Logo

आइतवार, आश्विन २५ गते २०८३

images

देशभर आंशिक बदली, यी हुन वर्षा हुने स्थान

देशभर आंशिक बदली, यी हुन वर्षा हुने स्थान

दैनिकी न्यूज

२०, श्रावण २०७७
देशभर आंशिक बदली, यी हुन वर्षा हुने स्थान
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्युन चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ । देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकि भू–भागमा सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश न ५ र गण्डकी प्रदेशका थोरै स्थानहरु तथा बाँकी प्रदेशको केहि स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थेरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना समेत हुनसक्ने देखिएकोले उक्त स्थानहरुमा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

साउन २० गते (मंगलबार)

दिउँसोः देशभर आंशिक बादली रहेता पनि अपरान्ह पछि सामान्य बदली रही प्रदेश न. १, प्रदेश न. २ र बाग्मती प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशका थेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

राती :देशभर सामान्य बदली रही  सुदुर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश न ५ र गण्डकी प्रदेशका थोरै स्थानहरु तथा बाँकी प्रदेशको केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थेरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

साउन २१ गते (बुधबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशका अधिकांश भू-भागमा सामान्य वदली रही प्रदेश न १ प्रदेश न २ र बाग्मती प्रदेशका केही स्थानहरु तथा वाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका  एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

साउन २२ गते (बिहिबार)

दिउँसोः देशभर सामान्य बदली रही प्रदेश न. १, प्रदेश न. २ र बाग्मती प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशका थेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, गण्डकी प्रदेश प्रदेश र प्रदेश ५ का एक वा दुई  स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रही थेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

 

images
प्रकाशित मिति :श्रावण २०, २०७७ मंगलवार - ०७:०७:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology