Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बलात्कार आरोपमा पालुङटारका वडाध्यक्ष रानाभाट पक्राउ

बलात्कार आरोपमा पालुङटारका वडाध्यक्ष रानाभाट पक्राउ

दैनिकी न्यूज

१९, श्रावण २०७७
बलात्कार आरोपमा पालुङटारका वडाध्यक्ष रानाभाट पक्राउ
images

गोरखा । जिल्लाको पालुङ्गटार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बलात्कार आरोपमा पक्राउ परेका छन्। स्थानीय एक वालिकालाई बलात्कार गरेको आरोपमा वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले आज पक्राउ गरेको हो ।

पालुङ्गटार नगरपालिकाकी १४ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा वडाध्यक्ष रानाभाटलाई इलाका प्रहरी कार्यालय ठाटी पोखरीले पक्राउ गरि जिल्ला पुर्याएको हो।

पीडित बालिकाको परिवारले उजुरी दिएको आधारमा रानाभाटलाई पक्राउ गरिएको हो।

वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख सुरेन्द्र गुरुङले पुष्टी गरे पनि घटनाका बारेमा थप अनुसन्धान भइरहेकोले अहिलेनै केहि भन्न नसकिने बताए ।

वडाध्यक्ष रानाभाट तत्कालिन नयाँ शक्तिबाट निर्वाचित भएका थिए ।

images
प्रकाशित मिति :श्रावण १९, २०७७ सोमवार - २१:३२:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology