Logo

आइतवार, आश्विन २५ गते २०८३

images

नेपालमा केही दिन मनसुनी गतिविधि कम हुने

नेपालमा केही दिन मनसुनी गतिविधि कम हुने

दैनिकी न्यूज

१९, श्रावण २०७७
नेपालमा केही दिन मनसुनी गतिविधि कम हुने
images

काठमाडौँ । अबको केही दिन नेपालमा मनसुनी गतिविधि कम हुने भएको छ । जसअनुसार आकाश केही खुल्दै जानेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतर्फबाट केही तल झरेको छ । जसका कारण पनि उच्च मनसुनी वर्षा कम हुनेछ । तर मनसुनको समय यथावत नै रहेकाले स्थानीय वायु र जलवाष्पको उपस्थितिका कारण देशका केही भेगमा आक्कलझुक्कल वर्षा भइ नै रहनेछ ।

एक दुई स्थानमा छोटो समयको भारी वर्षा पनि हुने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।आगामी तीन दिन देशभर सामान्य बदली कायम रहँदै बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । यस अवधिमा केही स्थानमा भारी वर्षा पनि हुने जनाइएको छ ।

गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेका छन् ।

images
प्रकाशित मिति :श्रावण १९, २०७७ सोमवार - ०६:४१:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology