काठमाडौं । गृह मन्त्रालयमा सूचनाको हकको निवेदन दर्ता गर्न गाएका इनफ इज इनफ अभियानका ५ सदस्य पक्राउ परेका छन्।
उनीहरुलाई प्रहरीले पक्राउ गरी प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा राखेको छ ।
पक्राउ परेका पुकार बम, प्रमेश श्रेष्ठ र समुद्रसहितले महेन्द्र पुलिस क्लबबाटै अनसनको घोषणा गरेका छन् ।
पीसीआर परीक्षणको दायरा बढाइनु पर्ने, आरडीटी परीक्षण बन्द गरिनुपर्ने, भ्रष्टाचारीलाई कारबाही गरिनुपर्नेलगायतका विभिन्न माग राख्दै इनफ इज इनफ अभियानले दबाबमुलक कार्यक्रम गर्दै आएको छ ।