Logo

आइतवार, आश्विन २५ गते २०८३

images

घुस रकमसहित वन कार्यालयका प्रमुख अख्तियारको नियन्त्रणमा

घुस रकमसहित वन कार्यालयका प्रमुख अख्तियारको नियन्त्रणमा

दैनिकी न्यूज

९, श्रावण २०७७
घुस रकमसहित वन कार्यालयका प्रमुख अख्तियारको नियन्त्रणमा
images

काठमाडौं । डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख (डिएफओ) रामबाबु साह ५ लाख ५३ हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

घुसबापत लिएको उक्त रकम लिएर सुनसरीबाट रौतहटतर्फ गइरहेका उनलाई इटहरीबाट खटिएको अख्तियारको टोलीले कोशी गाउँपालिका–८ सुनसरी नियन्त्रणमा लिएको हो ।

अख्तियारका दुरुपयोग अनुसन्धान आयोगका अनुसार डिभिजन वन कार्यालयको बा २ झ ४१० नम्बरको सवारी साधानमा श्रीमतीसहित रौतहट गइरहेका उनले उक्त रकम सवारी साधनमा लुकाएको उजुरी परेपछि नियन्त्रणमा लिइएको हो ।

यसबारे थप अनुसन्धान भैरहेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए ।

images
प्रकाशित मिति :श्रावण ९, २०७७ शुक्रवार - १८:२१:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology