Logo

आइतवार, आश्विन २५ गते २०८३

images

होटल तथा रेस्टुरेन्ट एसोसिएसन गोदावरीमा राज घिमिरेको नेतृत्व

होटल तथा रेस्टुरेन्ट एसोसिएसन गोदावरीमा राज घिमिरेको नेतृत्व

दैनिकी न्यूज

८, श्रावण २०७७
होटल तथा रेस्टुरेन्ट एसोसिएसन गोदावरीमा राज घिमिरेको नेतृत्व
images

ललितपुर । होटल तथा रेस्टुरेन्ट एसोसिएसन गोदावरीमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ ।

आज ललितपुरको गोदावरी गार्डेन भ्यूमा भएको पहिलो साधारण सभाले राज घिमिरेको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो ।

एशोसिएसनको उपाध्यक्षमा राजाराम सिलवाल, सचिवमा सरोज आचार्य, कोषाध्यक्षमा सुमन पुरी, सदस्यहरुमा रिबम बहादुर मगर, प्रविन थापा र सविन नगरकोटी रहेको अध्यक्ष राज घिमिरेले जानकारी दिए ।

होटल, रेष्टुरेन्ट व्यबसाय अहिले कोभिडको ठूलो मारमा परेको छ, त्यसको समग्र विकासको लागि प्रतिबद्ध रहेको नवनिर्वाचित अध्यक्ष राज घिमिरेले बताए । उनले भने, ‘गोदावरी नगरपालिका भित्र रहेको होटल, रेष्टुरेन्टहरुको हक, हित अनि अधिकारको पक्षमा लडिरहने छु ।’ गोदावरी नगरपलिका पर्यटकीय नगर भएको घिमिरेले बताए ।

raj.jpg

images
प्रकाशित मिति :श्रावण ८, २०७७ बिहिवार - १४:४६:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology