Logo

आइतवार, आश्विन २५ गते २०८३

images

अविरल वर्षाले एक महिनामा साढे दुईसयको मृत्यु, सय बेपत्ता

अविरल वर्षाले एक महिनामा साढे दुईसयको मृत्यु, सय बेपत्ता

दैनिकी न्यूज

६, श्रावण २०७७
अविरल वर्षाले एक महिनामा साढे दुईसयको मृत्यु, सय बेपत्ता
images

काठमाडौं । एक महिनामा बाढी र पहिरोमा परेर नेपालमा २ सय ६६ जनाको मृत्यु भएको छ । मुलुकभर जारी अविरल वर्षाकै कारण ठाउँ ठाउँमा गएको पहिरोमा परेर ९८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । जेठ ३० गते मनसुन सुरु भए यता भएको लगातारको वर्षाका कारण देशमा विभिन्न भूभाग बाढी, पहिरो र डुबानमा परेर ९९ जना घाइते भएका छन् ।

वर्षा र त्यसले गएको पहिरोमा परेर २८२ भन्दा बढी घरहरू पूर्ण रुपले क्षतिग्रस्त भएका छन् । लगाातारको वर्षाले तराईका विभिन्न भूभागहरू डुबानमा परेका छन् । राजमार्ग र अन्य सडक तथा पुलहरु क्षतिग्रस्त हुँदा आवागमन अवरुद्ध भएको छ । सयौँ परिवार घरबार विहीन र विस्थापित भएको प्रहरीले जनाएको छ । अविरल वर्षाले क्षति पु¥याएको भन्दै सत्तारुढ नेकपाले पनि स्थायी कमिटीको बैठक एक हप्ताका लागि स्थगित गरेको छ ।

images
प्रकाशित मिति :श्रावण ६, २०७७ मंगलवार - १४:५३:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology