Logo

आइतवार, आश्विन २५ गते २०८३

images

काठमाडौं उपत्यकासहित धेरै स्थानमा लगातार वर्षा, सचेत रहन महाशाखाको आग्रह

काठमाडौं उपत्यकासहित धेरै स्थानमा लगातार वर्षा, सचेत रहन महाशाखाको आग्रह

दैनिकी न्यूज

४, श्रावण २०७७
काठमाडौं उपत्यकासहित धेरै स्थानमा लगातार वर्षा, सचेत रहन महाशाखाको आग्रह
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेको अवस्था छ। देशभर सामान्यदेखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ।

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश २,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा साथै प्रदेश १ र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुमा नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

साउन ४ गते (आइतबार)

दिउँसोः देशभर सामान्यदेखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २,बागमती प्रदेश, गण्डकी  प्रदेश,  कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा साथै प्रदेश १ र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, बागमती प्रदेश, गण्डकी  प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा साथै प्रदेश १ का थोरै स्थानहरुमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन ५ गते (सोमबार)

दिउँसोः देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी  प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा र कर्णाली प्रदेशका थोरै स्थानहरुमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश,  प्रदेश ५ र सुदुरपश्चिम प्रदेश केही स्थानहरुमा र गण्डकी  प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन ६ गते (मंगलबार)

दिउँसोः देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा र गण्डकी  प्रदेश  र कर्णाली प्रदेशका थोरै स्थानहरुमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ५ का थोरै स्थानहरुमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

images
प्रकाशित मिति :श्रावण ४, २०७७ आइतवार - ०८:२०:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology