Logo

आइतवार, आश्विन २५ गते २०८३

images

सेनाको मेजर हुँ भनेर धम्क्याउँदै हिँड्ने विष्ट चापागाउँ प्रहरीको फन्दामा

सेनाको मेजर हुँ भनेर धम्क्याउँदै हिँड्ने विष्ट चापागाउँ प्रहरीको फन्दामा

दैनिकी न्यूज

३, श्रावण २०७७
सेनाको मेजर हुँ भनेर धम्क्याउँदै हिँड्ने विष्ट चापागाउँ प्रहरीको फन्दामा
images

ललितपुर । नेपाली सेनाको मेजर बताउने एक व्यक्ति पक्राउ परेका छन् । गएराति नेपाली सेनाको मेजर भन्दै धम्काउँदै हिँडिरहेको अवस्थामा सुरेश विष्टलाई महानगरीय प्रहरी वृत्त चापागाउँले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरेर गोदावरी नगरपालिका चापागाउँका मानिसलाई धम्काउँदै हिँडिरहेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रमुख डीएसपी कृष्णराज ओझाले बताए ।

उनका अनुसार पक्राउ परेका विष्टले २०६२ वैशाख ११ गते नेपाली सेनाको सेवा प्रवेश गरी २०६३ वैशाख ११ गते बर्खास्त भएका रहेछन् । सेनाका बर्दीसहित १ थान कपडा पनि बरामद गरिएको छ । ‘उनलाई हिरासतमा राखी अनुसन्धान गरिराखिएको छ ।,’ उनले भने, ‘सेनाको मेजर भनेर ठगी गरेको छ छैन त्यसको अनुसन्धान गरिन्छ । केही नगरेको भेटिए पनि उनलाई सेनाको पोशाक दुरुपयोग गरेको अभियोगमा मुद्दा चलाइन्छ ।’

‘सेनाको मेजर होला भनेर शुरुमा सैनिक प्रहरी बोलाएको थिएँ । तर सैनिक प्रहरीले व्यारेकमा फोन गर्दा विष्ट नक्कली मेजर रहेछ ।’ डीएसपी ओझाले भने ।

विष्टले आफू कंङ्गो जान जान लागेको भन्दै यसभन्दा अगाडिका डिएसपी र गोदावरी नगरपालिकाका मेयरसँग बसेरसँगै चिया खाएको प्रहरीले जनाएको छ ।

उनको घर गोदावरी नगरपालिका वडा नं. २, विष्टछाप हो । उनी जग्गासम्बन्धी कारोबार गर्ने स्रोतले बतायो ।

 

images
प्रकाशित मिति :श्रावण ३, २०७७ शनिवार - १३:३७:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology