काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भू–भागदेखि केही दक्षिण तिर अवस्थित छ।
देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ।
देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ साथै गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
साउन ३ गते (शनिबार)
दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती : देशभर सामान्य देखी पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
साउन ४ गते (आइतबार)
दिउँसोः देशभर सामान्यदेखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र सुदुर पश्चिम प्रदेश, प्रदेश १ का एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती : देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश केही स्थानहरुमा र प्रदेश २, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेशका र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
साउन ५ गते (सोमबार)
दिउँसोः देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश केही स्थानहरुमा र प्रदेश २, सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती : देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, प्रदेश ५ का केही स्थानहरुमा र बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।