काठमाडौं । सत्तारुढ दल नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटरमा बैठक बस्न लागेको हो।
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालय बैठक दिउँसो तीन बजे बालुवाटारमा बस्ने जानकारी दिए।
आज बस्ने सचिवालय बैठकमा नेकपामा चुलिएको विवादका विषयमा छलफल हुने नेकपा स्रोतले जनाएको छ।
नेकपाको विवाद उत्कर्षमा पुगेपछि शुक्रबार प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भएको छलफलमा यसअघि जारी स्थायी कमिटी बैठक स्थगित गरेर सचिवलाय बैठक बोलाउने सहमति भएको थियो ।