काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केहि दक्षिण तिर सरेको छ ।
देशभर आँशिकदेखि सामान्य बदली रही एक/दुई स्थानहरुमा हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ।
देशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै एक/दुई स्थानहरुमा भारी वर्षाको समेत हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
साउन १ गते (बिहिबार)
दिउँसोः देशभर आँशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती : देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
साउन २ गते (शुक्रबार)
दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुर पश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
साउन ३ गते (शनिबार)
दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुर पश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा र प्रदेश १, बागमती प्रदेश, प्रदेश २ का एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।