Logo

आइतवार, आश्विन २५ गते २०८३

images

ललितपुर महानगरसम्बद्ध कर्मचारी संगठन वडाध्यक्ष महर्जनको पक्षमा उभियो

ललितपुर महानगरसम्बद्ध कर्मचारी संगठन वडाध्यक्ष महर्जनको पक्षमा उभियो

दैनिकी न्यूज

३१, आषाढ २०७७
ललितपुर महानगरसम्बद्ध कर्मचारी संगठन वडाध्यक्ष महर्जनको पक्षमा उभियो
images

ललितपुर । ललितपुर महानगरपालिकासम्बद्ध कर्मचारी संगठनहरु ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनको पक्षमा उभिएका छन् । नक्कली नाता प्रमाणित गराइ मिर्गौला प्रत्यारोपण गराउन सिफारिस गरेको आरोपमा महर्जनलाई प्रहरीले शनिबार बेलुका ललितपुरबाटै पक्राउ गरेको थियो । केही गलत मनशाय भएका व्यक्तिहरुले वडाअध्यक्ष महर्जनको चरित्रहत्या गर्न खोजेको भन्दै महानगरमा आवद्ध संगठनहरुले गम्भीर आपत्ति जनाएका छन् ।

उनीहरुले वडाध्यक्षले कानुनी रुपमा प्रक्रिया पुगेको आएको कागजातलाई सिफारिस गरेको समेत दाबी गरेका छन् ।

नेपाल नगरपालिका कर्मचारी एसोसियसन,ललितपुर महानगरपालिका ईकाई समिति, स्थानीय तह कर्मचारी संघ, ललितपुर महानगरपालिका ईकाई समिति र नेपाल राष्ट्रिय कर्मचारी संगठन, ललितपुर महानगरपालिका ईकाई समितिले बुधबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘वडा नं ३ को कार्यालयबाट कानुनी प्रक्रिया पुरा गरिएको नाता सिफारिस पश्चात केही गलत मनसाय भएका व्यक्तिहरुले संंलग्न कागजातलाई फेरबदल गरी जिम्मेवार जनप्रतिनिधि महर्जनको नैतिकता माथि गम्भीर आशंका उत्पन्न हुने गरी गरिएको कार्यप्रति ध्यानाकर्षण भएको छ ,साथै यस्तो प्रवत्तिको घोर भत्र्सना छौं ।’ उक्त विषयवस्तु छानविनको लागि कानूनी प्रक्रिया चलिरहेको अवस्था जनप्रतिनिधिलाई होच्याउने गतिविधि नगर्न अनुरोध गरिएको छ ।

यो पनि पढ्नुहोस

ललितपुर महानगरको ध्यानाकर्षण

images
प्रकाशित मिति :आषाढ ३१, २०७७ बुधवार - १९:४७:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology