Logo

आइतवार, आश्विन २५ गते २०८३

images

गगन थापाले भने, ओलीलाई प्रमबाट बिदा गर्नोस्

गगन थापाले भने, ओलीलाई प्रमबाट बिदा गर्नोस्

दैनिकी न्यूज

३०, आषाढ २०७७
गगन थापाले भने, ओलीलाई प्रमबाट बिदा गर्नोस्
images


काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने बेला आएको बताएका छन् ।
सांसद थापाले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीलाई प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राजनीतिक होइन भनेर नपन्छिन पनि आग्रह गरे ।

‘नेकपाका साथीहरू, राजनीतिक होइन भनेर नपन्छिनोस्। अब खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस्,’ मंगलबार  सांसद थापाले ट्वीट गर्दै भनेका छन्।

सोमबार भनुभक्त आचार्यको जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले राम जन्मभूमि अयोध्या वीरगन्ज नजिकैको ठोरी गाउँमा पर्ने भए पनि भारतले नक्कली अयोध्या बनाएको बताएका थिए। हिन्दुहरूले भगवान् मान्ने राम भारतीय नभई नेपाली भएको उनको दाबी थियो।

प्रधानमन्त्रीको उक्त भनाइको सर्वत्र आलोचना भइरहेका बेला मंगलबार सांसद थापाले प्रधानमन्त्री ‌ओलीले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले ‘अन्टसन्ट’ बोल्ने गरेको आरोप लगाए ।

‘प्रधानमन्त्रीज्यूले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोल्नुभएको हो,’ थापाले ट्वीट गर्दै भने, ‘प्रत्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आयो। कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रधानमन्त्रीबाट न देश सुरक्षित छ न लोकतन्त्र ।’

 

images
प्रकाशित मिति :आषाढ ३०, २०७७ मंगलवार - २३:०४:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology