काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच मंगलबार डेढ घण्टा एक्ला एक्लै वार्ता भएको छ ।
झण्डै एक हप्तापछि भएको दुई अध्यक्षबीचको भएको छलफलमा कुनै सहमति नभएको उनीहरुको सचिवालयले जनाएको छ ।
एक घण्टा बढी समय भएको भेटमा पुरानै कुरा दोहोरिएको बताइएको छ । असार १० गतेदेखि बसेको स्थायी कमिटीको बैठकमा सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै ओलीको राजीनामा माग भएपछि नेकपाभित्र तीव्र विवाद चुलिएको छ । ओलीको राजनीनामा माग गरेकै कारण नेकपा झण्डै फुट नजिक पुगेको थियो । पार्टी फुट्ने खतरा बढेपछि बैठक रोकेर ओली–प्रचण्ड छलफलमा जुटेपनि कुनै सहमति बनेको छैन ।
अघिल्लो हप्ताको बुधबार एक्ला एक्लैको भेटमा ओली र प्रचण्डबीच भनाभन समेत भएको थियो । सोही क्रममा ओली उठेर हिडेपछि प्रचण्डपनि खुमलटार निवास फर्किएका थिए । त्यसयता ओली प्रचण्डबीच पहिलो पटक भेट भएको हो । २६ गतेका लागि तय गरिएको स्थायी समितिको बैठक स्थगित गरेर साउन २ गतेको लागि सारिएको छ ।
दुई अध्यक्षबीच सहमति कायम गर्न भन्दै असार २६ गतेको लागि तय गरिएको स्थायी समितिको बैठक स्थगित गरेर छलफलमा जुटेपनि सहमति बनेको छैन ।