Logo

आइतवार, आश्विन २५ गते २०८३

images

साढे ३३ किलो सुन प्रकरणका आरोपी खड्का पक्राउ

साढे ३३ किलो सुन प्रकरणका आरोपी खड्का पक्राउ

दैनिकी न्यूज

२७, आषाढ २०७७
साढे ३३ किलो सुन प्रकरणका आरोपी खड्का पक्राउ
images

काठमाडौं । यूएईमा पक्राउ परेका हरिशरण खड्कालाई नेपाल ल्याइएको छ ।

गत माघमा युएईमा समातिएका उनलाई कानुनी प्रक्रिया पूरा गरी आज नेपाल ल्याइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खड्कालाई महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको विमानस्थल प्रहरीले जनाएको छ। उनी विरुद्ध इन्टरपोलमा रेड कर्नर नोटिस जारी गरेको थियो ।

उनी २०७५ माघमा यूएईमा समातिएका थिए । खड्कासहित १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलमा रेड नोटिस जारी भएको थियो । काभ्रे घर भएका खड्का यूएईमा बस्दै आएका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले २०७३ पुसमा बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा पनि उनी मुछिएका छन् । खड्का वैदेशिक रोजगारीमा गए पनि जागिर छाडेर सुन तष्करीमा लागेको आरोप छ।

images
प्रकाशित मिति :आषाढ २७, २०७७ शनिवार - १५:४२:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology