Logo

आइतवार, आश्विन २५ गते २०८३

images

भीषण बाढीले बाह्रबिसेको जम्मु बजार बगायो, २ शव फेला, १९ बेपत्ता

भीषण बाढीले बाह्रबिसेको जम्मु बजार बगायो, २ शव फेला, १९ बेपत्ता

दैनिकी न्यूज

२५, आषाढ २०७७
भीषण बाढीले बाह्रबिसेको जम्मु बजार बगायो, २ शव फेला, १९ बेपत्ता
images

काठमाडौं । गत राति आएको भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसे नगर जातिको जम्बु बजार बगाएको छ भने २ शब प्राप्त भएको छ ।

राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको छ । बजारमा रहेको पुल चुर्लुम्मै डुबेको छ । १४ घरका १९ बेपत्ता रहेको र उनीहरुको खोजी कार्य थालिएको प्रहरीले जनाएको छ ।

jambu 2.jpg

बाढीले खाटचौर भन्ने स्थानमा अरनिको राजमार्गको पक्की पुल समेत बगाएको छ भने बस्तीमा क्षति पु-याएको छ । जम्बो भन्ने स्थानमा आएको बाढीले ८ भन्दा बढी घर बगाएको छ । सबैभन्दा बढी सोही स्थानमा मानवीय क्षति भएको हो ।

जम्बु निवासी २० वर्षिय निकेश बस्नेत र उनको तीन वर्षिय छोराको शब स्थानीयले फेला पारेको छ ।

jambu 1.jpg

घटनास्थलमा प्रहरीको टोली परिचालन भइसकेको छ । पहिरो र बाढीको क्षतिबारे अझै पूर्ण रुपमा जानकारी आएको छैन ।

images
प्रकाशित मिति :आषाढ २५, २०७७ बिहिवार - ०७:३९:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology