ललितपुर । हात्तिवनदेखि गोदावरीसम्मको सडक बाटो पिच गर्न माग गर्दै स्थानीयबासी आन्दोलनमा उत्रिएका छन् ।
ललितपुरको हरिसिद्धि गुमचमा व्यापक मात्रामा स्थानीयहरुको सहभागी रहेका छन् । आन्दोलन पिच नभएसम्म जारी आन्दोलनमा सहभागी एक जनाले बताए ।
हात्तीवनदेखि गोदावरी सडकमा जतासुकै खाल्डाका कारण सवारीसाधन चलाउन कठिन भएको सवारी चालकहरुको अनुभव छ ।
साढे ४ वर्ष पहिले सडक विस्तारका लागि ठेक्का सम्झौता भए पनि विभिन्न अवरोधका कारण हात्तीवन–गोदावरी सडक निर्माण हुनसकेको छैन ।
हात्तिवनदेखि हरिसिद्धिसम्म ललितपुर महानगरपालिका पर्छ भने साविक ठैब र गोदावरी गाविस गोदावरी नगरपालिकामा पर्छ ।


